इस्लामावादमा आत्मघाती विस्फोट: 'गैर-इस्लामिक कानून' कार्यान्वयन गर्नेलाई निशाना बनाएको दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
1.9k
Shares
इस्लामावाद। पाकिस्तानको राजधानी इस्लामावादमा मङ्गलबार भएको आत्मघाती विस्फोटमा एक समूहले आफ्नो संलग्नता रहेको दाबी गरेको छ। उक्त आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको र २७ जना घाइते भएको बताइएको छ।
समूहले एक विज्ञप्ति जारी गर्दै इस्लामावादस्थित न्यायिक आयोगमाथि आक्रमण गरिएको र पाकिस्तानको 'गैर–इस्लामिक कानून' अन्तर्गत फैसला गर्ने न्यायाधीश, वकिल र अधिकारीहरूलाई निशाना बनाइएको उल्लेख गरेको छ। विज्ञप्तिमा मुस्लिम बहुल देश पाकिस्तानमा 'इस्लामिक शरिया कानून लागू नभएसम्म' थप आक्रमणहरू गर्ने धम्की दिइएको छ।
गृहमन्त्री मोहसिन नकवीले विस्फोट न्यायिक परिसरमा भएको र सो स्थानमा धेरै जिल्ला अदालतहरू रहेको जानकारी दिएका थिए। प्रहरी र उद्धार टोलीहरू तुरुन्तै घटनास्थलमा पुगी शव तथा घाइतेहरूलाई पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्समा लगिएको थियो।