arrow

दिल्लीको लाल किल्लानजिकै विस्फोट: गृहमन्त्री शाहद्वारा गहन अनुसन्धानको आदेश

नौ जनाको मृत्यु पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २५ मंगलबार
delhi-blast-lalkilla.jpg

काठमाडौँ । भारत सरकारका संघीय गृहमन्त्री अमित शाहले सोमबार साँझ करिब ७ बजे दिल्लीको लाल किल्ला (रेडफोर्ट) नजिकै भएको विस्फोटको घटनाबारे सबै सम्भावनालाई ध्यानमा राखी गहन अनुसन्धान गरिने बताएका छन्।

रेडफोर्ट नजिकैको सुभाष मार्गको ट्राफिक सिग्नलमा एक हुण्डाई आई २० कारमा विस्फोट भएको थियो। गृहमन्त्री शाहले एएनआईसँग कुरा गर्दै उक्त घटनामा केही पैदल यात्री घाइते हुनुका साथै केही सवारी साधनमा क्षति पुगेको र केही मानिसले ज्यान गुमाएको जानकारी दिए।

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टले विस्फोटमा नौ जनाको मृत्यु भएको र २४ जना घाइते भएको पुष्टि गरेका छन्। अस्पतालका एक वरिष्ठ अधिकारीका अनुसार, अस्पतालमा ल्याईपुर्याउँदा आठ जनाको मृत्यु भइसकेको थियो भने अन्य सात जनाको उपचार भइरहेको छ।

गृहमन्त्री शाहका अनुसार, दिल्ली क्राइम ब्रान्च र दिल्ली स्पेसल ब्रान्चको टोली विस्फोटको सूचना पाएको १० मिनेटभित्र घटनास्थलमा पुगेको थियो। उनले टोलीहरूलाई विस्तृत अनुसन्धान सुरु गर्न र नजिकैका सबै सीसीटीभी क्यामेराहरूको जाँच गर्न आदेश दिएको जानकारी दिए। गृहमन्त्रीले दिल्लीका सीपी र विशेष शाखाका इन्चार्जसँग पनि कुरा गरेको र सबै विकल्पहरूलाई तुरुन्त अनुसन्धान गरिने बताए।

यस घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दिल्लीमा भएको विस्फोटको अवस्थाबारे जानकारी लिँदै गृहमन्त्री अमित शाहसँग कुरा गरी घटना र त्यसपछिको अवस्थाबारे जानकारी लिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ