रियल म्याड्रिड गोलरहित बराबरीमा रोकियो, गुम्यो शीर्ष स्थानमा अग्रता बढाउने अवसर
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
963
Shares
काठमाडौं। ला-लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड रियल रायो भयकानोसँग गोलरहित बराबरी मा रोकिएको छ। लगातार कडा चुनौती दिएको भयकानोविरुद्ध रियलको रणनीति सफल नहुँदा खेल बराबरीमा टुङ्गिएको हो।
रियल म्याड्रिडका लागि पहिलो हाफमा राउल असेन्सियोले गरेको प्रहार गोलमा परिणत हुन सकेन। साथै, टोलीका प्रमुख खेलाडीहरू भिनिसियस जुनियर र जुड बेलिङघमले समेत पाएका महत्त्वपूर्ण अवसरहरू गुमाएका थिए।
यो गोलरहित बराबरीसँगै ला-लिगा तालिकाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडले आफ्नो अग्रतालाई पाँच अंकसम्म बढाउने अवसर गुमाएको छ।