arrow

इन्जुरी समयको सनसनीपूर्ण गोलमा पीएसजीद्वारा लियोनमाथि रोमाञ्चक जित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
psg-leon.jpg

काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले खेलको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै लियोनमाथि सनसनीपूर्ण जित निकालेको छ। पीएसजीका लागि जोएओ नेभेसले निर्धारित समयपछि थप भएको समयको पाँचौं मिनेटमा हेडमार्फत् निर्णायक गोल गरेका हुन्।

रोमाञ्चक बनेको खेलको पहिलो हाफको आठ मिनेटको अन्तरमा तीन गोल भएका थिए। खेलको २६ औं मिनेटमा वारेन जायर एमरीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए भने ३० औं मिनेटमा लियोनका अफोन्सो मोरेइराले बराबरी गोल फर्काए। त्यसको लगत्तै ३३ औं मिनेटमा पीएसजीका खिभिखा काभारात्खेलियाले गोल गर्दै टिमलाई पुनः अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५० औं मिनेटमा लियोनका आइन्सली मेटल्यन्डले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए। त्यसपछि अन्तिम समयसम्म बराबरी भएको खेल अतिरिक्त समयमा थप रोमाञ्चक बन्यो। अतिरिक्त समयकै तीन मिनेटमा लियोनका डिफेन्डर निकोलस ट्याग्लियाफी ले लगातार दोस्रो पहेँलो कार्ड पाएसँगै मैदानबाट बाहिरिएका थिए। लियोन १० जनामा सीमित भएपछि त्यसको दुई मिनेटमै पीएसजीले बाजी मार्दै खेल आफ्नो पक्षमा पारेको हो।

यो जितसँगै १२ खेल खेलेको पीएसजी २७ अंकसहित तालिकाको शीर्ष स्थानमा कायम रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ