जेन-जी आन्दोलनको नाममा देश जलाउने काम सरकारमै रहेकाले गरे: ओली [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
1k
Shares
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेकाहरूले नै 'जेन–जी आन्दोलन' को नाममा देश जलाउने काम गरेको आरोप लगाएका छन्।
आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले जेन–जी आन्दोलन भन्दै सडकमा उफ्रिनेहरूले नै देश जलाउने काम गरेको जिकिर गरे। उनको भनाइ थियो, "देश जलाउने पनि तिनै, चलाउने पनि तिनै। जसले जलाउने त्यसले चलाउने, एउटा तमासा देखिएको छ।"
अध्यक्ष ओलीले देश जलाउने कार्यमा संलग्न 'तत्वहरू' मैदानमा देखिएको र अहिले तीमध्ये कतिपय फेरि कुर्सीमा विराजमान भएको आरोप लगाए। उनले संविधानले नमिल्ने र नहुने भनेका व्यक्तिहरू नै अहिले सत्तामा रहेको दाबी गरे।
उनले मुलुक असाधारण संकटमा रहेकाले त्यसलाई जोगाउन युवाहरू अघि बढ्नुपर्नेमा जोड दिए। साथै, अध्यक्ष ओलीले संविधान र लोकतन्त्रको रक्षाका लागि प्रतिनिधि सभा पुनःस्थापनाको माग लिएर आन्दोलनमा जाने निर्णय लिएको स्पष्ट पारे।