विवादबीच मुख्यमन्त्रीले प्रदेश सभा बैठकमै दिए राजीनामा
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
792
Shares
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन्।
शनिबार बसेको मधेस प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सोनलले विश्वासको मत लिन लाग्दा सांसदहरूबीच उत्पन्न विवादकाबीच राजीनामा दिएको घोषणा गरेका हुन्।
यसअघि, प्रदेश सभा बैठकमा माओवादी केन्द्रका सांसद रहबर अन्सारीले आफूसहित सबै प्रदेशसभा सदस्यहरूसँग सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेको भन्दै आफ्नै अनुहारमा कालोमोसो दलेर विरोध जनाएका थिए।
मुख्यमन्त्रीको राजीनामाको घोषणापश्चात् सभामुख रामचन्द्र मण्डलले मधेस प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको घोषणा गरेका छन्।