arrow

विमानस्थलकाे एटीसी प्रणालीमा समस्या, सयौँ उडान प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २१ शुक्रबार
indiragandhi-airport.jpg

काठमाडौँ । एयर ट्राफिक कन्ट्रोल (एटीसी) प्रणालीमा प्राविधिक समस्या आउदा शुक्रबार दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल (आईजीआईए) मा सयौँ उडान प्रभावित भएको एक वरिष्ठ अधिकारीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।

दिल्ली इन्टरनेसनल एयरपोर्टका प्राविधिक विज्ञ समस्या समाधान गर्नका लागि सक्रिय रहेको र उडान पुनः सञ्चालन कहिलेदेखि शुरू हुन्छ भन्ने अझै थाहा हुन सकेको जनाइएको छ ।

विमानस्थलले जारी गरेको विज्ञप्तिमा “एटीसी प्रणाली” मा प्राविधिक समस्या आएका कारण आइजीआईएमा उडान सञ्चालनमा ढिलाइ भइरहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा प्राविधिक टोलीसहित सबै सम्बन्धित निकाय समस्यालाई चाँडै समाधान गर्न सक्रिय रूपमा काम गरिरहेको जनाइएको छ ।

यात्रुहरूलाई नयाँ उडान अपडेटका लागि आआफ्नो सम्बन्धित एयरलाइन्ससँग सम्पर्कमा रहन सल्लाह दिएको छ ।

धेरै निजी एयरलाइन्सले पनि उडान सञ्चालनका बारेमा अपडेटका लागि सम्पर्कमा रहन आआफ्ना उडानकर्तालाई सल्लाह दिएका छन् । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ