arrow

आईसीसी लिग–२

यूएईसँग भिड्दै नेपाल, जितको दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
can-cricket-nepal.jpg

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपाल आज (बिहीबार) आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) सँग भिड्दैछ।

नेपाल र यूएईको खेल दुबई इन्टरनेशनल क्रिकेट मैदानमा बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ।

लिग–२ अन्तर्गत यूएईमा भइरहेको यो शृङ्खलाको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ। यसअघि अमेरिकाले शृङ्खलाको पहिलो खेलमा नेपालमाथि एक सय ६ रनको विशाल जित निकालेको थियो।

यसै शृङ्खलामा अमेरिकाले आयोजक यूएईलाई पनि चार विकेटले हराइसकेको छ। यी दुई जितसँगै अमेरिका हाल लिग–२ तालिकाको शीर्षस्थानमा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ