arrow

‘परान’ को प्रचारका लागि अभिनेत्री पूजा चन्द नेपालमा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
puja-chand.jpg

काठमाडौं। अभिनेत्री पूजा चन्द चलचित्र ‘परान’ को प्रचारप्रसारका लागि नेपाल आएकी छन्। उनी आज (सोमबार) संयुक्त राज्य अमेरिकाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आइपुगेकी हुन्।

नेपाल आएसँगै विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले आफू चलचित्र प्रदर्शनको प्रचारका लागि नेपाल आएको बताइन्। उनले चलचित्रका निर्देशक दीपक आचार्य (काकु) सँगको छलफलपछि नेपाल आएको जानकारी दिइन्।

आफ्नो नेपाल आगमनको कारणबारे उनले भनिन्, “अब फिल्म रिलिज हुने कुरा भयो, अब जाने कि नजाने भन्ने कुरा भइरहेको थियो। अनि फेरि उहाँ (निर्देशक) सँग कुरा भयो, उहाँले ‘दिदी आउन पाए राम्रो हुन्थ्यो’ भन्ने कुरा गर्नुभयो। मेरो श्रीमानले पनि ‘अहिले चाँहि फेरि ट्रेन्ड नै रहेछ, अब कलाकारहरू चाँहि स्पेसल्ली फिल्म रिलिजमा उपस्थित हुने’ भन्ने कारणले गरेर पनि जाने भन्ने फाइनल डिसिजन गर्‍यौँ।”

कार्तिक १४ गते प्रदर्शन हुन लागेको चलचित्र ‘परान’ मा पूजा चन्द आमाको भूमिकामा छिन्। दीपकप्रसाद आचार्य निर्देशित यस चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, बाल कलाकार आर्यदीप आचार्य र आरभजंग अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ