arrow

त्रिदेशीय महिला फुटबल

नेपालले आज इरानको सामना गर्दै, सुखद शुरूआत गर्ने लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ७ शुक्रबार
nepal-saff-women-81-7-5.jpg

काठमाडौँ । भारतमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आजआफ्नो पहिलो खेल इरानसँग खेल्दैछ।

भारतको सिलोङस्थित जवहारलाल नेहरु रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार साँझ ६ः१५ मा सुरु हुनेछ।

सावित्रा भण्डारीको नेतृत्वमा रहेको नेपाल, इरानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ। इरान पनि आफ्नो विजयी यात्रा कायम राख्न चाहन्छ । इरानले पहिलो खेलमा घरेलु टोली भारतलाई २–० ले हराएको थियो।

पछिल्लो पटक नेपाल र इरानको भेट सन् २०१९ मा भारतको कालिङ्गा रङ्गशालामा भएको हिरो महिला कप फुटबल प्रतियोगितामा भएको थियो, जहाँ नेपाल विजयी भएको थियो। हाल फिफा वरीयतामा इरान ७०औँ स्थानमा छ भने नेपाल ८९औँ स्थानमा रहेको छ।

नेपाली टोलीमा कप्तान भण्डारीसहित अनिता बस्नेत, दीपा शाही, हिराकुमारी भुजेल, मनमाया दमाई, मिना देउवा, निशा थोकर, प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु, उषा नाथ, र गोलकिपरहरू अञ्जना राना मगर तथा एन्जिला तुम्बापो सुब्बा लगायतका खेलाडीहरू रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ