arrow

सम्पादकहरूसँगको संवाद

ओलीले दिए सम्पादकहरूलाई सम्पत्ति छानबिनका लागि चुनौती [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २ आइतबार
oli-07-02-.jpg

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको कडा दाबी गरेका छन्। आइतबार काठमाडौंमा आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै उनले यदि कसैलाई भ्रष्टाचार गरेको लागेमा छानबिन गर्न चुनौती दिएका हुन्।

अध्यक्ष ओलीले नेपाल पत्रकार महासंघ वा सम्पादक मण्डलले समेत छानबिन टोली बनाएर आफ्नो सम्पत्ति छानबिन गर्न सक्ने बताए। "मैले एक पैसा भ्रष्टाचार गरिन। ए बाबा तपाईँहरू पनि एउटा टोली बनाएर छानविन गर्नुस् न," ओलीले आग्रह गरे, "अरूको सक्नुहुन्न भने केपी ओली एउटाको छानविन गर्नुस् न।" उनले आफ्नो सम्पत्तिको अवस्थाबारे स्पष्ट पार्दै भने, "मेरो घरको, डढेको घरको खरानीको कण कणको तपाईँहरूले हिसाव गर्नुपर्नेछ। नभए त्यो बाहेक त छैन म सँग।"

सरकारले आफ्नो बैंक खाता रोक्का गर्ने भनेको सन्दर्भमा उनले सांसद र प्रधानमन्त्री रहँदाको तलबभत्ताको केही रकम बैंक खातामा रहेको र उक्त रकम २० देखि २५ लाख रुपैयाँ हुनसक्ने बताए। उनले विश्वभरका बैंकहरूसँग सोधेर आफ्नो सम्पत्ति छानबिन गर्न चुनौती दिँदै सबैको सम्पत्ति छानबिन गर्न पनि आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ