arrow

ओलीले बैठकमा उठेका जिज्ञासाको जवाफ दिएर आज एमाले बैठक समापन गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
kp-sharma-oli-29-06-082.jpg

काठमाडौं। नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज (शुक्रबार) सम्पन्न हुने बताइएको छ।

प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा बोल्न बाँकी रहेका केन्द्रीय सदस्यहरूसँगै पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा राख्नेछन्।

सबै नेताहरूले आफ्नो धारणा राखिसकेपछि अन्त्यमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूबाट आएका जिज्ञासा र सुझावहरूको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्नेछन्।

गौतमका अनुसार अध्यक्ष ओलीले आफ्नो विशेष प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले दिएका सुझाव, वर्तमान राजनीतिक परिस्थिति, घोषित निर्वाचन, पार्टीको आगामी बाटो र नेता कार्यकर्ताहरूको भूमिका आदिका बारेमा विशेष निर्देशन दिने कार्यक्रम छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ