arrow

नेपाल भ्रमण गर्न अर्थमन्त्री खनालको विश्व समुदायलाई आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
rameshor-usa-.jpg

वासिङ्टन डिसी (अमेरिका)। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी देश भएकाले विश्व समुदायलाई नेपाल भ्रमणका लागि आग्रह गरेका छन्।

बिहीबार वासिङ्टन डिसीस्थित विश्व बैंक समूहले आयोजना गरेको ‘दिगो पर्यटन: रोजगारी, जीवनयापन र आर्थिक वृद्धिको लागि’ विषयक छलफल कार्यक्रममा भाग लिँदै मन्त्री खनालले उक्त धारणा राखेका हुन्।

उनले नेपाल भ्रमणमा आउने पर्यटकहरूलाई सदैव न्यानो आथित्यता प्रदान गर्न र विश्वस्तरको उत्कृष्ट सेवा दिने प्रतिवद्धता पनि व्यक्त गरे। उक्त कार्यक्रममा विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ