arrow

ओमानविरुद्ध नेपालले बनायो १५१ रन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
nep-oman-25-10-15tt.jpg

काठमाडौँ । दुई खेलअघि टी–२० विश्वकपमा पुगेका नेपाल र ओमानले आपसमा खेलिरहेका छन् । ओमानको मस्कटमा जारी इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १५१ रन बनाएको छ । 

ओपनर कुशल भर्तेलले ५१ बलमा ६९ रन बनाए । पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्ने क्रममा आसिफ शेखले २० बलमा २४ रन बनाए । त्यस्तै गुल्सन झाले १० बलमा २ छक्काको मद्धतले १८ रन बनाए ।

नदीम खानले २० रन खर्चेर ४ विकेट लिएका छन् । 

दुवै टिम आपसमा खेल्नुअघि नै भारत र श्रीलंकाको संयुक्त आयोजनामा आगामी फेब्रुअरीमा हुने विश्वकपमा टिकट काटेका छन् । 

योसँगै नेपाल तेस्रो पटक विश्वकपमा पुगेको छ । 

नेपालले शुक्रबार सामोआसँग खेल्नेछ । सुपर सिक्समा रहेका जापान, कतार र सामोआले ६ अंक भेट्टाउन नसक्ने भएसँगै नेपाल र ओमान विश्वकपमा पुगेका हुन् भने यूएईको सम्भावना बलियो छ । 

ओमानसँग यसअघि भएका अधिकांश खेलमा नेपाल विजयी हुँदै आएको छ । टी २० आईमा नेपाल युएईमाथि हेड टू हेडमा पनि अघि छ । यी दुई टिमबीच भएको ११ टी २० आई खेलमा नेपालले ६ खेल जित्दा युएईले ५ जित हात पारेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ