arrow

यथास्थिति, विधि र अनुहार लिएर कांग्रेस जनतामा जान सक्दैन: अर्जुननरसिंह केसी [भिडियो]

युवा पिँढीको धारणा नै प्रतिनिधित्व गर्न सकेनौँ भने हामी वास्तवमा जनताको बीचमा स्थापित हुन सक्दैनौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २५ शनिबार
arjunnarsing-06-23.jpg

काठमाडौँ। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको विद्यमान यथास्थितिमा रहेर जनताको बीचमा जान नसकिने बताएका छन्। उनले पार्टीको विधि, पद्धति र नेतृत्वको अनुहारमा व्यापक परिवर्तनको आवश्यकता औँल्याएका छन्।

शनिबार पदाधिकारी र पूर्वपदाधिकारी बैठकका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा पुग्नुभएका नेता केसीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीको अहिलेको विधि, पद्धति, र अनुहार लिएर जनताको बीचमा कांग्रेस स्थापित हुन नसक्ने जिकिर गरे।

उनले युवा पिँढीको धारणालाई प्रतिनिधित्व गरेर अघि बढ्नुको विकल्प नरहेको बताए। केसीले भने, "ऊर्जाशील समूहलाई न्यूनतम रूपमा पनि सहभागी गराउनुपर्छ। समग्र रूपमा युवा पिँढीको धारणा नै प्रतिनिधित्व गर्न सकेनौँ भने हामी वास्तवमा जनताको बीचमा स्थापित हुन सक्दैनौँ।"

उनले ऊर्जाशील समूहलाई अब पनि पार्टीका हरेक तहमा सम्मानजनक सहभागिता नगराए ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए। केसीले पार्टीलाई स्वतन्त्र र सङ्गठित बनाउनु आवश्यक रहेको धारणा राखे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ