हामी सबै मिलेर देशलाई जोगाउन लागौँ
सबैको अधिकार सुरक्षित, शिक्षा र स्वास्थ्य सधैँ राम्रो बनाऔँ
भ्रस्टाचार र अन्यायको अन्त्य अब गरौँ
समानता, इमान्दारी, प्रेम र न्यायको बिज सबै मिली रोपौँ
सहरलाई उज्यालो,गाउँलाई समृद्ध हामीले नै बनाऔँ
नदी, जङ्गल, पहाड प्रकृतिको रक्षा सबैले गरौँ
हरेक गाउँ, हरेक सहर हरियालीले झल्काऔँ
युवाको मनमा ऊर्जा, उत्साह र सपनालाई चम्काऔँ
हातमा हात लिएर अब अघि बढ्नु पर्छ
सबै मिली हाम्रो देशलाई बलियो बनाउनुपर्छ
भाषा, धर्म, जात र संस्कृतिको सम्मान सबले गरौँ
हाम्रो गौरव, हाम्रो अस्तित्व हाम्रो प्रेमलाई कसैले नभुलौँ
सबै मिली देशको सपना साकार बनाऔँ
समृद्धि र खुसियाली हरेक घरमा फैलाऔँ
हाम्रो देश, हाम्रो भूमिलाई सबैले माया गर्नुपर्छ
सबै मिली उठौँ समृद्ध देश अब हामीले नै बनाउनुपर्छ ।