arrow

शीतल निवासमा सर्वदलीय बैठक शुरु: निर्वाचन कि संसद पुनर्स्थापनामा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
sarbadaliye-meets.jpg

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा सर्वदलीय बैठक शुक्रवार अपरान्ह शीतल निवासमा सुरु भएको छ। यो बैठक मुख्यगरी आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचन बारे छलफल गर्न आह्वान गरिएको हो।

जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको आग्रहमा राष्ट्रपति पौडेलले यो बैठक आह्वान गरेका हुन्, जसमा अन्तरिम सरकारले फागुन २१ गते निर्वाचनको मिति तोकेको छ। यद्यपि, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद पुनर्स्थापना गर्नुपर्ने माग राखेको छ, जसप्रति नेपाली काँग्रेसले पनि सहमति जनाएको छ।

बैठकमा संसद विघटन हुनुअघिको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू भने उपस्थित छैनन्। बैठकमा नेपाली काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, तथा नेकपा (माओवादी केन्द्र) बाट नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुन लगायतका दोस्रो चरणका नेताहरूको सहभागिता रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ