arrow

जेन-जी समूहद्वारा पूर्वप्रधानमन्त्री र नेताहरूलाई पक्राउ गर्न माग, प्रहरीद्वारा जाहेरी दर्ता अस्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
police-ktm-genz.jpg

काठमाडौँ। सुदन गुरुङको नेतृत्वमा रहेको जेन–जी समूहले पूर्वप्रधानमन्त्री एवं प्रमुख दलका नेताहरूलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेको छ।

मंगलबार अपरान्ह जेन–जी समूहले माइतीघरमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं काँग्रेस नेता रमेश लेखक लगायतका नेताहरूको ब्यानर टाँसेर विरोध प्रदर्शन गरेको थियो। उनीहरूले पक्राउ गर्न माग गरेका अन्य नेताहरूमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा (काँग्रेस सभापति), पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल (एकीकृत समाजवादी अध्यक्ष), पूर्वप्रधानमन्त्री झलनाथ खनाल (एकीकृत समाजवादी सम्मानित नेता), एमाले नेता महेश बस्नेत, र पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा रहेका छन्।

जेन–जी आन्दोलनमा दमनकारी भूमिका निभाएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गर्न माग गर्दै समूहले दबाब बढाइरहेको छ।

पूर्वप्रधानमन्त्रीहरूलाई पक्राउ गर्न माग गर्दै जाहेरी दर्ता गर्न प्रहरी परिसर पुगेका जेन–जीका प्रतिनिधिहरूलाई प्रहरीले फर्काएको छ। प्रहरीले प्रधानमन्त्रीबाट लिखित जवाफ आएपछि मात्रै जाहेरी दर्ता गर्न सकिने र बाँकी प्रक्रिया अघि बढाउने भन्दै समूहलाई फर्काएको हो।

यसै विषयमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तीनवटै सुरक्षा निकायहरूसँग छलफल गरेको समेत बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ