-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेपालीहरुको महान् पर्व विजया दशमी (बडादशैँ) को बिदा सकिएसँगै सरकारी कार्यालयहरुमा चलहपहल शुरु भएको छ ।
सिंहदरबारसहित देशका सरकारी कार्यालयहरुमा चहलपहल शुरु भएको हो । यस वर्ष असोज १६ गते दशैँको टीका रहेको थियो ।
त्यसपछिका पाँच दिन कोजाग्रत पूर्णिमा (आज) सम्म दशैँको टीका लगाउने गरिन्छ । फूलपातीदेखि द्वादशीसम्म सरकारले सार्वजनिक बिदा दिएको थियो ।
अब दशैँको बिदा सकिएसँगै सरकारी कार्यालयहरुमा कर्मचारीहरुको चहलपहल शुरु भएको हो ।
सिंहदरबारमा पनि कर्मचारीहरु आएर आफ्नो काम शुरु गरिसकेका छन् । दशैँमा सुनसान बनेको सिंहदरबारमा चहलपहल बढेको छ ।