arrow

मनसुनी प्रभावले देशभर बदली,यी प्रदेशमा भारी वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १९ आइतबार
meteorological-forcasting-d.jpg

काठमाडौँ। हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव रहेकाले आज देशभर साधारणतया वर्षा हुने भएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेश प्रदेशका अधिकांश स्थानहरूमा पूर्ण बदली रहनेछ। बागमती र लुम्बिनी प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली हुनेछ।

महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख भएअनुसार, कोशी र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यसका साथै, कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।

महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली हुनेछ।

राति कोशी, मधेश, बागमती प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ