इजरायल–प्यालेस्टाइन सङ्कट समाधानमा 'विशेष प्रगति' को सङ्केत: ट्रम्प
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १३ सोमबार
2.3k
Shares
काठमाडौं। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको ह्वाइट हाउस भ्रमण अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व सङ्कट समाधानमा विशेष प्रगति हुने सङ्केत दिएका छन्।
ट्रम्पले आइतबार आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्दै भने, “हामीसँग मध्यपूर्वमा महानताको वास्तविक मौका छ। सबै कुनै विशेष कुराका लागि सहमत भएका छन्, पहिलो पटक सबै पक्ष बोर्डमा छन्। हामी यसलाई पूरा गर्नेछौँ !!!”
यसअघि शुक्रबार वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले गाजासम्बन्धी ‘मलाई लाग्छ हामीसँग एउटा सम्झौता छ’ भनेर सङ्केत दिएका थिए।
यद्यपि, सोही दिन संयुक्त राष्ट्र महासभामा सम्बोधन गर्दै नेतान्याहुले आफ्नो अडान स्पष्ट पारेका थिए। उनले पश्चिमी शक्तिहरू—बेलायत, फ्रान्स लगायतले प्यालेस्टिनी राज्यलाई मान्यता दिएको केही दिनमै—इजरायलले त्यसलाई अस्वीकार गर्नेछ र हमासविरुद्ध ‘काम समाप्त गर्ने’ सङ्कल्प व्यक्त गरेका थिए।
नेतान्याहुले सोमबार ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भेट गर्ने कार्यक्रम तय भएको छ।