तातोपानी । देशकै प्रमुख नाकाको रुपमा रहेको तातोपानी नाका जोड्ने प्रमुख सडकको अवस्था दयनीय रहेको छ । नेपाल चीन सीमा क्षेत्र जोड्ने सिन्धुपाल्चोक जिल्लाको सो सडक खण्डको दाकलाङ र कोदारी पहिरो सो सडक खण्डको प्रमुख समस्या हो भने अन्य स्थानमा पनि पहिरो, सडक भासिएको अवस्थामा रहेको छ ।
दुई महिना अगाडि देखाएको कोदारी पहिरो (इको पहिरो) ले सडक अवरोध हुँदा सयौँ कन्टेनर सीमाक्षेत्रको लिपिङ बजारमा अड्किएका थिए भने अस्थायी रुपमा बाटो मर्मत गरेसँगै कन्टेनरहरु सुख्खा बन्दरगाहमा आइपुगेका छन् ।