arrow

नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो, राति बन्द हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
mugling-narayanghad-road.jpg
तस्बिर फाइल

काठमाडौँ। दुई दिनदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज बिहान ५ बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–६, तुइन खोलामा पहिरो खस्ने क्रम नरोकिएपछि गत राति ९ बजेदेखि बिहान ५ बजेसम्म यातायात पूर्ण रूपमा रोकिएको थियो।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार, सोमबार साँझ पुनः पहिरो खसे पनि राति नै पन्छाएर बाटो खुलाइएको हो। दुई दिनदेखि अलपत्र परेका यात्रुहरू अहिले गन्तव्यतर्फ लागिरहेका छन्।

दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने यो सडक पूर्ण रूपमा दुईतर्फी नखुलेसम्म वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। प्रहरीले यात्रुहरूलाई आफ्नो लेन प्रयोग गरेर मात्रै यात्रा गर्न पनि अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ