साफ यू–१७ च्याम्पियनसिप: नेपालले आज बंगलादेशसँग भिड्दै
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २ बिहिबार
1.1k
Shares
काठमाडौँ। साफ यू–१७ च्याम्पियनसिप अन्तर्गत आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल श्रीलङ्काको कोलोम्बो रेसकोर्स स्टेडियममा नेपाली समयअनुसार साँझ सवा ७ बजेबाट सुरु हुनेछ।
यसअघि आफ्नो पहिलो खेलमा नेपालले आयोजक श्रीलङ्कालाई २-० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो।
सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलङ्कामा आयोजना भइरहेको यस च्याम्पियनसिपमा नेपाल, बंगलादेश, श्रीलङ्का, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स गरी ७ राष्ट्र सहभागी छन्। नेपाल समूह 'ए' मा श्रीलङ्का र बंगलादेशसँग रहेको छ। समूह चरणका खेलहरू सकिएपछि प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।