arrow

दशैं, तिहारलाई लक्षित गरी बीपी राजमार्ग २४सै घण्टा खुल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
bp-highway-news.jpg

काठमाडौँ । यसवर्षको मनसुन सुरु भएदेखि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बीपी राजमार्ग अब २४सै घण्टा खुला हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले असोज १ गतेदेखि राजमार्ग खोल्ने निर्णय गरेको हो।

मनसुन बाहिरिने क्रममा रहेकाले र दशैं, तिहारजस्ता चाडपर्व नजिकिएकाले यात्रुको सहजताका लागि यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए।

गत असार ७ गतेदेखि मनसुनमा बाढीपहिरोको जोखिमका कारण बीपी राजमार्गअन्तर्गत धुलिखेलदेखि नेपालथोकसम्म रातिको समयमा सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको थियो। गत वर्ष पनि असोजको बाढीपहिरोले राजमार्गका विभिन्न खण्डमा ठूलो क्षति पुर्याएको थियो।

जिल्ला प्रशासन कार्यालयले जोखिम न्यूनीकरणका लागि पटकपटक सूचना जारी गर्दै आएको थियो। अहिले सडक २४सै घण्टा खुल्ने भए पनि स्वीकृत सडक सुरक्षा कार्ययोजनाअनुसार सुरक्षामा सजगता अपनाइने समितिले जनाएको छ।

पूर्वी नेपाललाई राजधानीसँग जोड्ने छोटो दूरीको रूपमा रहेको यो राजमार्गबाट दैनिक हजारौं सवारीसाधन आवतजावत गर्छन्। क्षतिग्रस्त राजमार्गको स्थायी निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढेको पनि कार्यालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ