आजदेखि फिल्म हलहरू खुल्ने, रात्रिकालीन शो पनि सञ्चालनमा
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३० सोमबार
700
Shares
काठमाडौं । ‘जेन-जी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका फिल्म हलहरू सोमबारदेखि खुल्ने भएका छन्। आइतबार बसेको नेपाल चलचित्र संघको बैठकले सुरक्षालाई ध्यानमा राख्दै हलहरू सञ्चालन गर्ने निर्णय गरेको हो।
संघका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार, आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएको विराटनगरस्थित क्यूएफएक्सको भवनबाहेक अन्य सबै हल नियमित रूपमा सञ्चालन हुनेछन्।
रात्रिकालीन सोहरू पनि सञ्चालन गरिने भए पनि राति १० बजेभित्र हल बन्द गर्ने व्यवस्था मिलाइएको छ। सोमबारदेखि ‘रिमै’ र ‘मोहर’ लगायतका नेपाली चलचित्रसँगै केही विदेशी चलचित्र पनि प्रदर्शन हुनेछन्।
यसैबीच, दशैँको अवसर पारेर फूलपातीदेखि तीन नयाँ नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन्।
जेन-जी आन्दोलनका क्रममा विराटनगरस्थित क्यूएफएक्स, बुटवलको क्यूएफएक्स, गोँगबुको ल्होत्से मलभित्र रहेको आइएनआई सिनेमाज् र भक्तपुरको क्यूएफएक्समा क्षति पुगेको नेपाल चलचित्र संघले जनाएको छ।