सबै कम्पनीलाई कार्यालय खोल्न बीमा प्राधिकरणको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
705
Shares
काठमाडौँ। नेपाल बीमा प्राधिकरणले आजदेखि सबै बीमा कम्पनीहरूलाई पूर्ववत् रूपमा कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ। केही दिनदेखि जारी विषम परिस्थिति सामान्य बन्दै गएको र सुरक्षा निकायले कर्फ्यू तथा निषेधाज्ञालाई खुकुलो पार्दै लगेकाले कार्यालय खोल्न आग्रह गरिएको हो।
प्राधिकरणले सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालयहरूलाई आजदेखि पूर्ण रूपमा सञ्चालन गरी कर्मचारीहरूलाई भौतिक रूपमै कार्यालयमा उपस्थित भएर काम गर्न-गराउन अनुरोध गरेको छ।
यसअघि, प्राधिकरणले भदौ २३ र २४ गतेको आन्दोलन तथा प्रदर्शनका कारण भएको क्षतिको बीमा दाबी भुक्तानीलाई सहज र सरल बनाउनसमेत निर्देशन दिइसकेको छ।