रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यू आदेश जारी
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २७ शुक्रबार
525
Shares
रौतहट। जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बिहीबार बिहान सूचना जारी गर्दै यो जानकारी दिएका हुन्।
आदेशअनुसार, आज बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा लागू गरिएको छ। त्यसपछि साँझ ७ बजेदेखि भोलि (शुक्रबार) बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी रहनेछ। अत्यावश्यक काममा आवतजावतका लागि भने आज साँझ ५ बजेदेखि ७ बजेसम्मको समय तोकिएको छ।
निषेधाज्ञा र कर्फ्यूको समयमा कुनै पनि किसिमको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन, पोष्टर टाँस्ने वा लेख्ने कार्य गर्न पाइने छैन। शान्ति र व्यवस्थामा असर पुग्ने कुनै पनि गतिविधि गर्न रोक लगाइएको छ र पाँच जनाभन्दा बढी मानिस भेला हुन पनि निषेध गरिएको छ।