काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको बाँसबारीस्थित निजी निवासमा आज (मंगलबार) प्रदर्शनकारी युवाहरूले आगजनी गरेका छन्।
जेन-जी आन्दोलनका क्रममा पूर्वगृहमन्त्री रमेश लेखक, माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको निवासमा पनि तोडफोड भएको छ।
आक्रोशित प्रदर्शनकारीहरूले आज नयाँ बानेश्वरस्थित संसद भवन मा समेत आगजनी र तोडफोड गरेका छन्।