काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन्। यो निर्णय आजैदेखि लागू भएको छ।
राष्टपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार, नेपालको संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म ओली नेतृत्वको यही सरकारले कार्यसञ्चालन गर्ने जिम्मेवारी तोकिएको छ।