काठमाडौँ । नेपालमा जेन-जी पुस्ताको आन्दोलनले उग्र रूप लिएपछि अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पत्र बुझाएको जनाइएको छ।
यो निर्णय आन्दोलनमा भएको दमन र त्यसपछि विपक्षी दलहरूबाट आएको तीव्र दबाबका कारण भएको हो। यसअघि नै प्रमुख प्रतिपक्षी दललगायत अन्य दलहरूले प्रधानमन्त्रीको राजीनामाको माग गरिसकेका थिए।
हिजो मात्र आन्दोलनका क्रममा १९ जना प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
यसअघि गृहमन्त्री रमेश लेखक, कृषि मन्त्री रामनाथ अधिकारी, खानेपानी मन्त्री प्रदीप यादव र स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिइसकेका छन् ।