arrow

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान, संवादबाट निकास खोज्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
oli-kp-2.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा उत्पन्न असहज परिस्थितिको अन्त्यका लागि संवादबाट निकास खोज्न आग्रह गर्दै आज साँझ ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्।

सोमबार राजधानी र देशका विभिन्न भागमा भएका प्रदर्शन र त्यसपछिका घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आज एक अपिल जारी गरेका हुन्। उनले "कुनै पनि रूपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादका माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो" भन्दै सबैलाई संयम रहन विनम्र अनुरोध गरेका छन्।

प्रधानमन्त्रीले अपिलमा भनेका छन्, "उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निष्कर्षका लागि सम्बद्ध पक्षसँग संवादमा रहेको छु। त्यसैको लागि आज साँझ ६:०० बजे सर्वदलीय बैठक आह्वान गरेको छु।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ