arrow

बराबरीमा सकियो नेपाल–बंगलादेश मैत्रिपूर्ण फुटबल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २१ शनिबार
nepal-bangladesh-82-5-21.jpg

काठमाडौँ । नेपाल र बंगलादेशबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । 

दुवै टिमले गोलका लागि केही अवसर पाएका भए पनि सदुपयोग भने गर्न सकेनन् । 

नेपालले अब आउँदो मंगलबार बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबल खेल्नेछ । दशरथ रंगशालामै उक्त खेल साँझा ५ः३० बजेदेखि सुरु हुनेछ ।

जाग्यो रंगशाला
दशरथ रंगशालामा करिब दुई वर्षपछि पुरुष फुटबलको अन्तर्राष्ट्रिय खेल भएको हो । 

नेपाली टिमले पछिल्लोपटक सन् २०२३ को नोभेम्बरमा यमनविरुद्ध दशरथ रंगशालामा प्रतिस्पर्धा गरेको थियो । त्यसपछि पुरुष टिमले खेलेको थिएन । 

यो रंगशालालाई अयोग्य घोषित गर्दै अखिल नेपाल फुटबल संघ एन्फाले नेपालमा हुनुपर्ने खेल पनि विदेशमा खेलाइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ