arrow

ट्रकको ठक्करबाट गोरखाकी जिरादेवी दानीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २१ शनिबार
accident-final.jpg

काठमाडौँ । काठमाडौँमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । मृत्यु हुनेमा गोरखा घर भई हाल काठमाडौँ चाबहिल बस्ने ५८ वर्षीया जिरादेवी दानी छन् ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी दानीको जोरपाटीस्थित शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ गोठाटारस्थित सडकमा पहेँलो पुलबाट जम्बुडाँडातर्फ जाँदै गरेको बा५ख ३२३९ नम्बरको ट्रकले दानीकालाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ