arrow

उखु किसानका माग सम्बोधन गर्न सांसद केसीको सरकारलाई आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १९ बिहिबार
narsing-arjun.jpg

काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले उखु किसानका समस्या तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कृषिप्रधान देशका किसान नै निरन्तर समस्यामा पर्नु दुःखद भएको बताए।

सांसद केसीले उखु किसानको बक्यौता भुक्तानी, सरकारी अनुदान पूर्ववत् राख्न र मलको सहज आपूर्ति गर्न माग गरे। उनले भने, "उखु किसानहरू भुक्तानी ढिलाइ, सरकारी अनुदान कटौती, कम मूल्य र मलको अभावले धर्नामा छन्। उनीहरूका मागहरू तत्काल सम्बोधन होस्।"

उनले बाढीपहिरोका कारण विभिन्न ठाउँमा नागरिकले ज्यान गुमाए पनि सरकारले बेवास्ता गरेको भन्दै आपत्तिसमेत जनाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ