arrow

ओली र पुटिनबीच भेटवार्ता, के-के भए कुराकानी ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १७ मंगलबार
oli-putin.jpg

काठमाडौं। शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका लागि चीनको थियानजिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनको यो पहिलो भेट हो।

भेटवार्ताका क्रममा दुई देशबीचको कूटनीतिक सम्बन्ध र भविष्यका सहकार्यबारे छलफल भएको थियो। प्रधानमन्त्री ओलीले सन् १९५६ मा नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भए पनि रुसी प्रधानमन्त्री वा उच्चस्तरीय नेताहरू नेपाल भ्रमणमा नआएकोमा गुनासो व्यक्त गरे।

ओलीले भने, “मलाई थाहा भएसम्म पछिल्लो समय कुनै पनि रुसी प्रधानमन्त्री वा उच्चस्तरीय व्यक्तिहरू नेपाल भ्रमणमा आएको थाहा छैन। तर, नेपालको तर्फबाट म सन् १९९९ र २००० मा रुसको भ्रमणमा गएको थिएँ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ