arrow

प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
los-oli.jpg

काठमाडौँ। शाङ्घाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोङ्लौन सुसौलिथबीच आज द्विपक्षीय भेटवार्ता भएको छ।

भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्ध र विविध पक्षमा कुराकानी भएको थियो। भेटमा प्रधानमन्त्री ओलीसँगै पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्का, शिक्षामन्त्री रघुजी पन्त, संस्कृति तथा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मा र परराष्ट्र सचिव अमृतबहादुर राई लगायत सहभागी थिए।

थियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा आइतबारबाट सुरु भएको यस सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी राष्ट्र तथा सरकारका प्रमुखहरूले आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ