प्रधानमन्त्री ओलीले एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्दै, पुटिनलाई भेट्दै
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
579
Shares
चीन। प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको थियानजिनमा भइरहेको शाङ्घाई सहयोग सङ्गठन (एससीओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्।
थियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा सुरु भएको यस सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी विभिन्न राष्ट्र र सरकारका प्रमुखहरूले सम्बोधन गर्नेछन्।
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा भदौ १४ गतेदेखि पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीको विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरूसँगको द्विपक्षीय भेटवार्ता पनि जारी छ।
आजै प्रधानमन्त्री ओलीले रुसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन सँग भेटवार्ता गर्नेछन्।