arrow

सिभिल अस्पताललाई उपकरण सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १५ आइतबार
civil-service-hospital-nepal.jpg

काठमाडौँ । काठमाडौँस्थित सिभिल सर्भिस अस्पताललाई चीनले अत्याधुनिक नेत्र उपचार उपकरण सहयोग गरेको छ । जसले नेपाली बिरामीको आँखासम्बन्धी उपचारमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ ।

चीनले पठाएको नेत्र उपकरण र सामग्रीपछि चीन-नेपाल “लाइफलाइन एक्सप्रेस“ दृष्टिविहीनता निवारण सहयोग केन्द्रमार्फत बिरामीहरूले सहज र द्रुत सेवा पाउन थालेका छन् ।

“पहिले आँखा जाँच गर्न धेरै समय लाग्थ्यो, तर अहिले सजिलै धेरै प्रकारका परीक्षण यहीँ गर्न पाइन्छ । परिणाम पनि छिट्टै आउँछ’, भनी स्थानीय बिरामी वसन्त पन्तले बताए ।

अर्की बिरामी गोमा तामाङले पनि नयाँ उपकरणका कारण उपचार छिटो र प्रभावकारी भएको भन्दै खुसी व्यक्त गरिन् ।

उक्त सहयोग केन्द्र यस वर्ष मार्च महिनामा स्थापना गरिएको हो, जसलाई चीनले साघाई सहयोग संगठन (एससीओ) अन्तर्गतको स्वास्थ्य सहयोग कार्यक्रमअन्तर्गत अघि बढाएको हो । नेपाल हाल एससस्ओको संवाद साझेदार राष्ट्र हो ।

चीनले २०२२ मा घोषणा गरेको ३ वर्षभित्र एससीओ सदस्य मुलुकका बिरामीलाई दुई हजार निःशुल्क मोतिबिन्दु शल्यक्रिया गर्ने योजनामा पनि नेपाल समावेश छ ।

सिभिल सर्विस अस्पतालका चिकित्सकले नयाँ उपकरणले मोतिबिन्दु, ग्लुकोमालगायतका आँखाका रोगको उपचारमा कार्यक्षमता बढाएको बताएका छन् ।

नेत्र विशेषज्ञ डा. प्रज्ञा बस्नेतका अनुसार, “यसले अस्पतालको शैक्षिक गतिविधि र बाहिर बिरामी जाँचमा ठूलो सहयोग पुर्याएको छ । अब घाउ पहिचान, कारण विश्लेषण र उपचार पद्धति निर्धारण गर्न सजिलो भएको छ ।” एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ