arrow

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
oli-xi-jingping.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन शनिबार चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भएको हो । 

भेटमा दुई पक्षीय हितका बारेमा कुराकानी भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३ः१५ बजे हिमालय एयरलाइन्सनको विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ