arrow

चीन पुगे प्रधानमन्त्री ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
kp-sharma-oli-china-visit.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सांघाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन शनिबार जनवादी गणतन्त्र चीनको थियानजिन शहरमा पुगेका छन् । 

मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३ः१५ बजे हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन् ।

उनलाई चीन सरकारका उच्चाधिकारी र नेपालका लागि चीनका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरे ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्रीले थ्येनचिनमा चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने  कार्यसूची छ ।

प्रधानमन्त्रीले सेप्टेम्बर १ मा शाङ्हाई शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै सम्मेलनको अवसरमा विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता गर्नेछन् । 

तस्बिरहरू

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ