arrow

वातावरण मैत्री र स्वच्छ उर्जाको उपयोग गरी थप रोजगारी सृजनातर्फ लाग्नुपर्छ : मन्त्री दाहाल 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
devendra-dahal-05-14.jpg

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले रोजगारी सिर्जना र प्रवर्द्धन हुने कार्यक्रमलाई प्राथमिकतामा दिएको बताएका छन् ।

काठमाडौँमा शनिबार आयोजित विद्युतीय परिवहन प्रालीको विशेष साधारणसभालाई सम्बोधन गर्दै उनले रोजगारी प्रवर्द्धनका लागि विभिन्न तालिम, प्रशिक्षण तथा सीप हस्तान्तरणका कार्यक्रम सञ्चालन गरिरहेको पनि बताए । 

वातावरणमैत्री र स्वच्छ उर्जाको उपयोग गरी थप रोजगारी सृजनातर्फ लाग्नुपर्ने उनले उल्लेख गरे । 

स्वदेशमै उत्पादित विद्युतको उपयोग प्रवर्द्धन गरी नेपाली मुद्रा विदेश जानबाट रोक्न सकिनेतर्फ ध्यान दिने बेला आएको पनि मन्त्री दाहालले बताए ।

विद्युतीय परिवहनको माध्यमबाट नेपाली महिला तथा युवाहरु स्वरोजगार समेत भइरहेकाले यस क्षेत्रलाई आवश्यक नियम बनाइ थप ब्यवस्थित पारिने समेत उनले उल्लेख गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ