arrow

भैरव पुरस्कार भारतका कृष्ण प्रधानलाई, तीन पुरस्कार घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
sahitya.png

काठमाडौँ, भदौ १४। नेपाली साहित्यका वरिष्ठ व्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित तीन पुरस्कार प्राप्त गर्ने स्रष्टाहरूको नाम भैरव पुरस्कार गुठीले सार्वजनिक गरेको छ। गुठीका अध्यक्ष रोचक घिमिरेको अध्यक्षतामा बसेको बैठकले यी नामहरू अनुमोदन गरेको हो।

पुरस्कार र प्राप्तकर्ताहरू

 

  • भैरव पुरस्कार (२०८२): यो पुरस्कार भारत, सिलगढीका वरिष्ठ हास्यव्यङ्ग्यकार कृष्ण प्रधानलाई प्रदान गरिने भएको छ। यो पुरस्कारको राशि १ लाख ११ हजार १११ रुपैयाँ रहेको छ। यो पुरस्कार नेपाल बाहिरका स्रष्टालाई पहिलो पटक दिइएको हो।

  • भैरव वाङ्मय पुरस्कार: यो पुरस्कार वरिष्ठ चित्रकलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने भएको छ, जसको राशि १ लाख १ हजार १११ रुपैयाँ छ।

  • भैरव प्रतिभा पुरस्कार: यो पुरस्कार विराटनगर, मोरङका विवश पोखरेललाई प्रदान गरिने भएको छ। यसको राशि ५१ हजार १११ रुपैयाँ छ।

पुरस्कार प्राप्तकर्ताको नाम छनोट गर्न साहित्यकार वसन्त रिजालको संयोजकत्वमा साहित्यकारद्वय नरेन्द्रराज पौडेल र प्रल्हाद पोखरेल सदस्य रहेको एक समिति गठन गरिएको थियो।

घोषित पुरस्कारहरू आगामी असोज ३ गते काठमाडौंको गोकर्णेश्वर-५ मा रहेको भैरव स्मृति भवनमा एक कार्यक्रमका बीच वितरण गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए। सोही दिन गुठीको साधारणसभा पनि आयोजना गरिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ