काठमाडौँ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ र पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। यसले गर्दा आज देशका विभिन्न भू-भागमा वर्षा हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भू-भागका केही स्थानमा, बागमती र गण्डकी प्रदेश लगायतका बाँकी पहाडी भू-भागका केही स्थानमा, र तराईका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति पनि देशभर साधारणतया बदली रही सबै प्रदेशका पहाडी भू-भागका केही स्थानमा र तराईका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।