चीन जानुअघि प्रधानमन्त्री ओलीले संसदमा विशेष सम्बोधन गर्दै
आज बस्ने प्रतिनिधि सभा बैठकका यस्ता छन् कार्यसूची
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
1.4k
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाको बैठकमा विशेष सम्बोधन गर्दैछन्। उनी भोलि (शनिबार) चीनको भ्रमणमा जान लागेकाले त्यससम्बन्धी जानकारी सदनलाई दिन लागेका हुन्। संघीय संसद सचिवालयका अनुसार, बैठक दिउँसो १ बजेदेखि सुरु हुनेछ।
आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ। साथै, सभामुख देवराज घिमिरेले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि रहेको छ।
त्यस्तै, व्यवस्थापन कार्यअन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि छलफल गर्ने र त्यसलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।