arrow

साफ यू–१७ च्याम्पियनसिप

नेपाल भारतसँग भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
u-17nepal-81-6-7.jpg

काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) १७ वर्षमुनिका महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ।

अखिल नेपाल फुटबल संघका अनुसार, खेल नेपाली समयअनुसार आज अपराह्न ६ बजे हुनेछ।

प्रतियोगितामा सहभागी चार टोलीमध्ये भारत १२ अंकका साथ पहिलो स्थानमा छ, जबकि नेपाल तीन अंकका साथ तेस्रो स्थानमा रहेको छ। 

नौ अंकसहित बंगलादेश दोस्रो स्थानमा छ भने घरेलु मैदानमा कुनै जित निकाल्न नसकेको भुटान चौथो स्थानमा छ।

अब उपाधि जित्ने होडबाट नेपाल बाहिरिएको छ। खेल तालिकाअनुसार, नेपालले यही भदौ १५ गते भुटानसँग खेल्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ