arrow

ओलीको लाइन

पूर्वराष्ट्रपति भण्डारीलाई अध्यक्ष बनाउन सकिँदैनः ओली [भिडियो]

'उहाँको सम्मानका लागि हामी सबैले फर्किएर आएर उम्मेदवार बन्ने, बनाउने गल्ती नगरौँ'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १२ बिहिबार
kp-oli-12.jpg

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको अध्यक्ष बनाउन नसकिने स्पष्ट पारेका छन्। काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक छलफलका क्रममा उनले यस्तो धारणा राखेका हुन्।

प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीको सम्मानका लागि पनि उनलाई फर्किएर आएर उम्मेदवार बन्ने र बनाउने गल्ती गर्न नहुने बताए। उनले महाधिवेशनमा अध्यक्ष पदका लागि चुनाव लडेको खण्डमा भण्डारीले हार्ने अवस्था रहेको र त्यसपछि भीम रावलको जस्तो तरिकाले असन्तुष्ट हुने तथा ‘खाँबो चिथोर्ने’ काम सुरु गर्ने सम्भावना औँल्याए।

ओलीले यदि त्यस्तो अवस्था आएमा पार्टीले पूर्वराष्ट्रपतिजस्तो सम्मानित व्यक्तिलाई स्पष्टीकरण सोध्नुपर्ने ठाउँमा पुग्नु राम्रो नदेखिने बताए। 'अहिले उहाँको सदस्यता छैन, हामी स्पष्टीकरण सोध्दैनौँ, बरु यही ठिक छ नि,' उनले भने, 'उहाँलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने बिन्दुमा पार्टी पुग्यो भने कति नराम्रो सुनिन्छि, कति नराम्रो देखिन्छ।'

उनले पार्टीको हितका लागि भण्डारी हार्नुपर्ने बताए। 'यो त सङ्घर्षको मैदान हो, सबैको आँखामा हाल्दा नबिझाउने लालगेडी भएर आन्दोलन चल्दैन,' उनले थपे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ