arrow

आईटी क्षेत्रका दक्ष जनशक्तिलाई दुई लाखसम्म तलब : प्रधानमन्त्री ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १२ बिहिबार
kp-oli-04-02.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आइटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले दुई लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको जानकारी दिएका छन् । 

बिहीबार सामाजिक सञ्जालमार्फत उनले यसबाट अनलाइनमार्फत सरकारी सेवा विस्तार गर्दा काममा ढिलासुस्ती गर्ने, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुनेछ भने सूचना प्रविधिको दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकिने विश्वास पनि व्यक्त गरे । 

उनले लेखेका छन्, ‘सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले दुइ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको छ । यसबाट अनलाइनमार्फत सरकारी सेवा विस्तार गर्दा काममा ढिलासुस्ती गर्ने, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुनेछ भने सूचना प्रविधिको दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकिने छ। यसले सफ्टवेयर प्रणाली विकासको लागत अनुमानलाई यथार्थपरक बनाउने छ । आईटी पढेको हाम्रो जनशक्तिका लागि यो सुखद् कदम हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ