arrow

नेपाल साफ यू–१७ महिला फुटबलको उपाधि होडबाट बाहिरियो, बङ्गलादेशसँग निरीह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
u17-nep-bang-women-25-8-27.jpg

काठमाडौँ । नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१७ महिला च्याम्पियनशिपमा बङ्गलादेशसँग पराजित भएको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा आज सम्पन्न खेलमा नेपाल बङ्गलादेशसँग ४–१ गोलले पराजित भएको हो । 

बङ्गलादेशलाई जित दिलाउन सौरभी अखण्ड प्रीतिले ह्याट्रिक गर्दा र थुनुए मार्माले एक गोल थपिन् । नेपालका लागि कप्तान भूमिका बुढाथोकीले एक गोल फर्काइन् । 

खेलको ३८ मिनेटमा थुनुएको गोलमार्फत बङ्गलादेशले पहिलो अग्रता लिइन् । खेलको ४४औँ मिनेटमा प्रीतिले टोलीको अग्रता दोब्बर बनाइन् ।

पहिलो हाफको इन्जुरी समयमा भूमिकाले नेपालका लागि गोल फर्काइन् । खेलको ७१औँ मिनेटमा प्रीतिले दोस्रो गोल गरिन् । प्रीतिले खेलको ८६औँ मिनेटमा ह्याट्रिक पूरा गरिन् । 

बङ्गलादेशसँगको दोस्रो हारसँगै नेपाल साफ महिला यू–१७ च्याम्पियनशिपको उपाधि होडबाट बाहिरिएको छ । नेपालले ४ खेलबाट ३ अङ्क मात्रै जोडेको छ । 

नेपाल पहिलो खेलमा भारतसँग ८–० ले पराजित भएको थियो । नेपालले भुटानसँग २–१ गोल अन्तरको जित निकालेको थियो भने बङ्गलादेशसँग ३–० गोलले पराजित भएको थियो । 

जितसँगै बङ्गलादेशले ४ खेलबाट ९ अङ्क पुर्याएको छ । एक खेल कम खेलेको भारतको पनि समान ९ अङ्क छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ