साफ यू-१७ महिला च्याम्पियनशिपमा नेपालले बंगलादेशसँग गर या मरको खेल खेल्दै
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
668
Shares
काठमाडौँ । साफ यू-१७ महिला च्याम्पियनशिप नेपालले आज बुधबार पनि बंगलादेशसँग खेल्दै छ । बुधबार भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपालले आफ्नो चौथो खेल खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरू हुनेछ ।
नेपालले आइतबार तेस्रो खेल पनि बंगलादेशसँगै खेलेको थियो। खेलमा नेपाल ३-० गोलले पराजित भएको थियो । त्यसअघि नेपालले पहिलो खेलमा भारतसँग ७-० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक भुटानलाई २-१ गोलले पराजित गरेको थियो ।
आजको खेलमा पराजित भए नेपाल दुई खेल बाँकी छँदै उपाधिबाट बाहिरिनेछ।
प्रतियोगितामा आयोजक भुटान, नेपाल, भारत र बंगलादेश गरी चार टोलीले भाग लिएका छन् ।